एजेन्सी । रियल मड्रिडका मिडफिल्डर लुकास भास्क्वेजले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
रियलले बिहीबार लुकास सम्झौता थप गर्न सहमत भएको जनाएको छ ।
रियलले लुकास सन् २०२४ को जुन ३० सम्म क्लबमा रहने जनाएको छ ।
२९ वर्षीय लुकास रियलको एकेडेमीबाट आएका खेलाडी हुन् ।
स्पेनिस मिडफिल्डरले सन् २०१५ मा रियलको सिनियर टिममा डेब्यु गरेका थिए ।
त्यस अघि उनले एक सिजन स्पनियोलबाट लोनमा खेलेका थिए ।