एजेन्सी । इटालियन क्लब इन्टर मिलानले सिमोन ईन्जागीलाई मुख्य प्रशिक्षक चयन गरेको छ ।
सिरी 'ए' च्याम्पियन इन्टरले बिहीबार सिमोनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
इटालियन प्रशिक्षकले इन्टरसँग दुई वर्षको सम्झौता गरेका छन् ।
४५ वर्षीय सिमोनले यस अघि लाजियोको टिम हेरेका थिए ।
एन्टोनियो कोन्टेले क्लब छाडेपछि इन्टरले सिमोनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।
इटालियन प्रशिक्षक कोन्टेले सिजनको अन्त्यसँगै क्लबसँगको आपसी समझदारीमा क्लब छाडेका हुन् ।
कोन्टेले यस सिजन इन्टरलाई ११ वर्षपछि सिरी 'ए' उपाधि दिलाएका थिए ।
तर, ५१ वर्षीय कोन्टेले सम्झौता नसकिदै क्लब छाडेका हुन् ।
गत सिजन क्लब आएका उनको सम्झौता २०२२ सम्म रहेको छ ।