एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले डेनमार्कसँग बराबरी खेलेको छ ।
बुधबार राति भएको खेलमा जर्मनीले डेनमार्कसँग १-१ गोलको बराबरी खेलेको हो ।
अष्ट्रियामा भएको खेलमा सुरुवाती अग्रता जर्मनीले बनाएको थियो ।
खेलको ४८ औं मिनेटमा फ्लोरिन नेउहसले गोल गर्दिया जर्मनीलाई अग्रता दिलाएका थिए ।
तर,७१ औं मिनेटमा युसुफ पाउलसेनले गोल गर्दै डेनमार्कलाई हारबाट जोगाए ।
डेनमार्कविरुद्ध मैदान उत्रदै थोमस मुलर र म्याट हुमेल्सले जर्मनीको टिममा पुनरागमन गरेका छन् ।
युरोकप फुटबलको तयारीका लागि जर्मनी र डेनमार्कले मैत्रीपूर्ण खेल खेलेका हुन् ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
अर्को मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सले स्कटल्याण्डसँग २-२ गोलको बराबरी खेलेको छ ।