एजेन्सी । टोटेनहमले चेल्सी र ईन्टर मिलानका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टेसंग छलफल गरेको छ ।
नयाँ प्रशिक्षकको खोजीमा रहेको टोटेनहमले चेल्सी र ईन्टरका सफल प्रशिक्षक कोन्टेसंग सम्पर्क गर्दै छलफल गरको हो ।
कुनै ठोस प्रस्ताव नभएपनि टोटेनहमले कोन्टेसंग गम्भिर छलफल गरेको बीबीसीले उल्लेख गरेको छ । कोन्टेले सिरि ए क्लब ईन्टर मिलानलाई सन् २०१० पछि पहिलो पटक लिग च्याम्पियन बनाएर गत महिना बिदा लिएका छन् ।
उनले क्लबका अध्यक्ष स्टेभन झाङसंग भेट गरि ईन्टर छाड्ने निर्णय सुनाएका थिए ।
टोटेनहमले गत हप्तामात्र पूर्व प्रशिक्षक मौरिसिया पोचिटिनोसंग सम्पर्क गरेको थियो ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आफ्ना प्रशिक्षक पोचिटिनोले क्लब छाड्ने कुनै सम्भावना रहेको बताएको थियो । उसले पोचिटिनो पेरिसमा खुसी रहेको उल्लेख गरेको थियो ।
टोटेनहमका अध्यक्ष डेनियल लेवी प्रशिक्षक विहिन अवस्थालाई लामो समय लम्ब्याउन नचाहेको ईङ्लिस सञ्चार माध्यमले जनाएका छन् ।
टोटेनहम स्थायी प्रशिक्षकको खोजीमा रहेको छ । गत अप्रिल १० मा जोसे मौरिन्होलाई क्लबबाट बर्खास्त गरेको टोटेनहमले नयाँ प्रशिक्षक खोज्न सकेको छैन ।