एजेन्सी । स्कटल्याण्डका ६ खेलाडीले नेदरल्यान्ड्सविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।
मिडफिल्डर जोन फ्लिकलाई कोरोना भाईरसको संक्रमण देखिएपछि ६ खेलाडीले मैत्रीपूर्ण खेल गुमाउने भएका हुन् ।
जोन कोरोना देखिएपछि सेल्फ आईसोलेसनमा बसेका छन् ।
मैत्रीपूर्ण खेल गुमाउनेमा डेभिड मार्सल, स्टेफेन ओ'डोनेल , नाथन पिटर्सन, ग्रान्ट हेन्ली, जोन म्याकगिन र चे एडम्स रहेका छन् ।
उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपनि नेदरल्यान्ड्सविरुद्ध खेल्ने छैनन् ।
स्कटल्याण्डले आज राति नेदरल्यान्ड्सविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।
युरोकप फुटबलको तयारीको लागि दुबै देशले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।