एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत समूह 'ए' को बाँकी रहेको खेलहरु चीनमा आयोजना नहुने भएको छ ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले सोमबार समूह 'ए' अन्तर्गतको बाँकी खेलहरु चीनमा नहुने जनाएको छ ।
एएफसीले न्युट्रल भेन्युको रुपमा समूह 'ए' को खेल चीनमा आयोजना गरिरहेको थियो ।
तर, केहि देशको भ्रमण कठिनाईको कारण चीनमा खेल नगराउने निर्णय गरिएको एएफसीले जनाएको छ ।
एएफसीले यस समूहको बाँकी खेलका लागि न्युट्रल भेन्युको खोजि भईरहेको जनाएको छ ।
यस्तै खेलको मिति भेन्यु तय भएपछि घोषणा गरिने एएफसीले बताएको छ ।
यस समूहमा सिरिया, चीन,फिलिपिन्स, माल्दिभ्स र गुवाम रहेका छन् ।