एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडका गोलकिपर जान ओब्लाकले आफु क्लबमा खुसी रहेको बताएका छन् ।
स्लोभेनियाका गोलकिपर ओब्लाकले क्लब छाड्ने चर्चा चलिरहेको समय उनले आफु क्लबमा खुसी रहेको बताएका हुन् ।
पछिल्लो समय उनी म्यानचेस्टर युनाईटेड र पीएसजीसँग जोडिएका थिए ।
'मैले यहाँ ३ सय बढी खेल खेलेको छु । ला लिगाको उपाधिमा रमाईरहेको छु । मैले अन्य सोचेको छैन,' उनले मार्कासँग भनेका छन्, 'म यहाँ खुसी छु । भविष्यमा के हुन्छ देख्ने छौँ ।'
२८ वर्षीय ओब्लाक सन् २०१४ मा एट्लेटिको आएका थिए ।
यस सिजन एट्लेटिकोले ला लिगाको उपाधि जित्दा उनको प्रदर्शन उत्कृष्ट रहेको थियो ।
उनले यस सिजन ३८ खेल खेलेका थिए ।
ओब्लाकले एट्लेटिकोबाट युरोपा लिग समेत जितेका छन् ।