एजेन्सी । फ्रान्सेली प्रशिक्षक थिएरी हेनरी कोचिङ स्टाफको रुपमा बेल्जियमको राष्ट्रिय टिममा सामेल भएका छन् ।
युरोकप फुटबलका लागि हेनरी कोचिङ स्टाफको रुपमा बेल्जियमको टिममा सामेल भएका हुन् ।
बीबीसीको फुटबल पण्डितको रुपमा काम गर्दै आएका हेनरी राजीनामा दिएर बेल्जियम टिमको प्रशिक्षक टोलीमा आबद्द भएका हुन् ।
हेनरी मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजको सहायकको रुपमा बेल्जियमको टिममा काम गर्ने छन् ।
फ्रेन्च क्लब मोनाकोका पूर्व प्रशिक्षक समेत रहेका हेनरीले यस अघि पनि बेल्जियमको सहायक प्रशिक्षक भएर काम गरिसकेका छन् ।
आर्सनलका पूर्व स्ट्राइकर हेनरी २०१६ देखि १८ को विश्वकपसम्म बेल्जियमको सहायक प्रशिक्षक रहेका थिए ।
४३ वर्षीय हेनरीले मोनाकोबाट बर्खास्तमा परेपछि अमेरिकी मेजर लिग क्लब मोन्टरियलको मुख्य प्रशिक्षक भएर काम गरेका थिए ।