एजेन्सी । कोपा अमेरिका फुटबल अर्जेन्टिनामा आयोजना नहुने भएको छ ।
कोरोना भाईरसको महामारीको कारण अर्जेन्टिनामा प्रतियोगिता आयोजना नगरिने भएको हो ।
दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका अर्जेन्टिनामा नगरिने जनाएको छ ।
प्रतियोगिता आयोजनाका लागि अन्य राष्ट्रसँग छलफल भईरहेको जनाएको छ ।
कोरोनाको दोस्रो लहरसँगै अर्जेन्टिनामा फुटबल गतिविधि एक महिनाबाट स्थगित गरिएको छ ।
प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ ।
सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना भाईरसको महामारीकै कारण एक वर्ष पछि सरेको हो ।
यस अघि कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा संयुक्त आयोजना हुने तय थियो ।
तर, सरकारविरुद्धको चर्किएको आन्दोलनको कारण कोलम्बियालाई सह आयोजकबाट हटाईएको थियो ।