एजेन्सी । वेल्सले युरोकप फुटबलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।
वेल्सले युरोकपका लागि २६ सदस्सीय टिमको घोषणा गरेको हो ।
वेल्सले घोषणा गरेको टिममा युवा खेलाडी रुबिन कोलविलले पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।
१९ वर्षीय अट्याकिङ मिडफिल्डर रुबिन कार्डिफ सिटीबाट खेल्दै आएका छन् ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।
युरोमा वेल्स समूह 'ए' मा रहेको छ ।
यस समूहमा इटाली, टर्की र स्विजरल्याण्ड रहेका छन् ।
वेल्सले जुन १२ मा स्विजरल्याण्डसँग खेल्दै युरोकपको सुरुवात गर्नेछ ।