एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डका स्ट्राइकर अर्लिङ हालाण्ड च्याम्पियन्स लिग फुटबलको सर्वाधिक गोलकर्ता बनेका छन् ।
यस सिजनको च्याम्पियन्स लिगको ८ खेलमा १० गोल गर्दै हालाण्ड सर्वाधिक गोलकर्ता बनेका हुन् ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का केलियन एमबाप्पेलाई पछि पार्दै हालाण्ड सर्वाधिक गोलकर्ता चुनिएका हुन् ।
एमबाप्पेले यस सिजन च्याम्पियन्स लिगमा ८ गोल गरे ।
यस्तै अल्भारो मोराटा, मार्कुस राषफोर्ड, नेयमार, ओलिभर जेरुड, युसुफ एन नेस्री, मोहमद सलाह र करिम बेन्जिमाले समान ६/६ गोल गरे ।
यस सिजनको उपाधि भने चेल्सीले जितेको छ ।
शनिबार भएको फाइनलमा चेल्सीले म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्यो ।