एजेन्सी । फ्रेन्च क्लब लियोनले डच प्रशिक्षक पिटर बोसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
लियोनले प्रशिक्षक पिटरलाई दुई वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
क्लबसँगको सम्झौतासँगै ५७ वर्षीय प्रशिक्षक २०२३ सम्म लियोनमा रहने छन् ।
पिटरले यस सिजनको अन्त्यसँगै जर्मन क्लब बायर लिभरकुसेन छाडेका थिए ।
प्रशिक्षक पिटरले त्यसअघि जर्मन क्लब बोरुसिया डर्टमण्ड र डच क्लब आयाक्स समेत हेरेका थिए ।