एजेन्सी । चेल्सीका मिडफिल्डर जोर्जिन्होको चाहना इटाली फर्कनु रहेको उनका एजेण्ट जोआ सान्तोसले बताएका छन् ।
इटालीको एक रेडियसँगको अन्तर्वार्तामा एजेण्ट सान्तोसले जोर्जिन्हो इटाली फर्कन चाहिरहेको बताएका हुन् ।
एजेण्ट सान्तोसले जोर्जिन्हो अब युरोकपमा केन्द्रित हुने र इटाली फर्कनेबारे नापोलीका मालिकमा निर्भर हुने बताए ।
'उसले अहिले युरोपेली च्याम्पियनसिपबारे सोच्नेछ । उ इटाली फर्कन चाहन्छन् । तर, उनलाई नापोलीमा फेरि भेट्न अरिलियो डे लारेन्टीइसमा निर्भर गर्दछ,' उनले भने ।
जोर्जिन्हो सन् २०१८ मा नापोलीबाट चेल्सी आएका थिए । २९ वर्षीय मिडफिल्डर चेल्सीका नियमित खेलाडी हुन् ।
तर, पछिल्लो समय उनी नापोलीसँगै युभेन्ट्स, बार्सिलोना र एसी मिलानसँग जोडिएका छन् ।
जोर्जिन्होले यस सिजन चेल्सीबाट च्याम्पियन्स लिग जितेका छन् ।
शनिबार राति भएको फाइनलमा उनले पुरै ९० मिनेट खेलेका थिए ।
चेल्सीले फाइनलमा म्यानचेस्टर सिटीलाई १-० ले हराएर उपाधि जितेको हो ।