काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले इराकसँगको फराकिलो हारको दोष आफुले लिने बताएका छन् ।
शनिबार राति घरेलु टिम इराकसँग ६-२ गोल अन्तरले पराजित भएपछि प्रशिक्षक अलमुताईरीले हारमा आफु दोषी भएको बताए ।
'यो हारको दोष मैले लिन्छु । मलाई लाग्छ यो टिमबाट समय र धैर्यता चाहिन्छ,' उनले भने, 'हामीले दुई गोल गरेका थियौं । यसलाई ३-१ को नजिक थियौं । तर, फुटबल हो एक बल गुमाउदा सबै परिवर्तन हुन्छ ।'
यस्तै प्रशिक्षक अलमुताईरीले टिमका खेलाडीलाई सुधार गर्न समय लाग्ने बताए ।
'प्रतीक्षा गर्नुहोस् । तिनीहरूलाई समय र धैर्यता चाहिन्छ । प्रतीक्षा गर्नुहोस् र सबै कुरा राम्रो हुनेछ,' अलमुताईरीले भने ।