काठमाडौं । फिफा विश्वकप २०२२ र एसिया कप २०२३ छनोटको तयारी स्वरुप नेपालको राष्ट्रिय फुटबल टिमले शनिबार एसियाको बलिया प्रतिद्धन्दी इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।
इराकको बसरा शहरस्थित अल्फायहा रंगशालामा नेपालले झण्डै दुई दशकपछि चौथो पटक इराकविरुद्ध उत्रन लागेको हो । यसअघिका तीन भेटमा इराकसंग नेपाल पराजित भएको नतिजा छ ।
नेपाल र इराकबीच पहिलो भेट सन् १९८२ नोभेम्बर २३ मा भएको थियो । एसियन गेममा भएको भेटमा इराकले ३-० ले बाजी मारेको थियो ।
पहिलो भेटको १९ वर्षपछि नेपालले पुनः इराकविरुद्ध उत्रन लागेको हो ।
दोस्रो भेटमा निराजन रायमाझीले एक गोल गरेको खेलमा नेपालले ९-१ काे हार ब्यहोरेको थियो । दोस्रो खेल अल्माटीमा भएको थियो ।
काजकिस्तानमा भएको तेस्रो भेटमा भने नेपालले सुधारिएको प्रदर्शन गरेको थियो । निराजन रायमाझी र हरी खड्काले समान एक एक गोल गरेको खेलमा नेपाल ४-१ ले पराजित भएकाे थियाे ।
इराकसँग ३ गोल गरेर १३ गोल ब्यहोरेको करिब २ दशकपछि नेपालले उही अरेवियन मुलुकको सामना गर्दैछ । इराकसंगको पछिल्ला दुई भेटमा नेपाली टिमको कप्तानी उपेन्द्रमान सिंहले गरेका थिए ।
हाल उनी अखिल नेपाल फुटबल संघ (एन्फा)को उपाध्यक्ष छन् । उनै कप्तानसंग खेलपाटीका रमेश सुवेदीले तत्कालिन टोलीको बनावट, टोलीको अवस्था र इराकसम्मको भ्रमण र हालको टोली तयारी, टिम बनोट र आजको खेलको अनुमानका विषयमा कुराकानी गरेका छन् ।
‘हामीले सन् २००१ मा विश्वकप छनोटको लागि बगदादमा इराकसँग खेलेको हो । त्यो बेला एन्फामा कलह थियो । गिता राना र गणेश थापाबीच द्वन्द चलिरहको थियो । त्यस्तो विषम परिस्थितमा खेल्न गएको हो । एउटा गिता रानाको टिमले सातदोबाटोमा अभ्यास गर्ने गरेको थियो । गणेश थापा(एन्फा पूर्व अध्यक्ष)को टिम भने खुल्ला मञ्चमा अभ्यास गर्ने गथ्र्याै ।
त्यस्तो विषम परिस्थितीबाट टिम बनाएर टासी घले (हाल एन्फाका मानार्थ अध्यक्ष)को नेतृत्वमा टोली गएको थियो । त्यो बेला आन्तरिक द्वन्दका कारण दुबै टिम नगएको भए नेपाललाई कारबाही गर्न सक्ने अवस्था थियो । त्यो अवस्थामा हामी इराक पुगेका हौं ।
हाम्रो तयारी पनि नाजुकनै थियो । तयारी थिएन । विवाद थियो । विजोगनै थियो । मैदान कतै नपाएर खुल्लामंञ्चमा गएर तयारी गरेका थियौं । रंगशालामा सबै सरकारको हुँदा गिता रानावालाले रंगशालामा तयारी गथ्र्याे ।
यता गणेश थापाको टिममा राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको थियो । हामी सबै खेलाडी यतै अभ्यासमा थिर्याै । सबै खेलाडी गणेश थापा नेतृत्वकै संघको पक्षमा थियौं । त्यसैले फिफा र एएफसीको मान्यता पनि हामीलाईनै थियो ।
गणेश थापाले नेतृत्व गरेको टोलीलाई सबै ग्राउण्डमा प्रतिबन्ध थियो । रोकेको थियो । खुल्ला मञ्चमा खेलेर गएका थिर्याै ।
त्यस्तो विषम परिस्थितीमा त्यहाँ गएर खेल्दा लगभग नजिता हेर्ने हो भने हाम्रो निकै राम्रो भएको थियो । हामीले दुई ठाउँमा खेलेका थियौं । इराकसँग पहिलो खेल खासै राम्रो खेल्न सकेनौं ।
पहिलो खेल बगदादमा खेल्यौं । दोस्रो खेल अल्माटी (कजाकस्तान) मा भएको थियो । समग्रमा दुबै खेलमा रिजल्ट रामै्र भएको थियो ।
त्यो बेला इराकमा पनि ग्रस्त थियो । त्यहाँ पनि फुटबलले इराकको जनतामा हाँसो ल्याएको अवस्था थियो । देश द्धन्द ग्रस्त थियो । इराक जाँदा युरोप छिरेर सिरिया हुँदै गएका थियौं ।
अहिलेको खेलाडी र त्यो बेलाको अवस्था हेर्ने हो भने अहिले निकै राम्रो छ । धेरै खेलहरु खेल्न पाएको छ । लामो तयारी गर्न पाएका छन् । कोभिडकै अवस्थामा अहिले हेरौं एन्फाले धेरै राम्रो गर्याे । खेलाडीलाई अभ्यासमै रहने अवसर मिलायौं । नेपाल सुपर लिग आयोजना भयो । थ्री नेसन्स कप आयोजना भयो । यसअघि फिफा विश्वकपका छनोट खेल रोकिँदा पनि खेलाडीलाई अभ्यासमै राख्यौं । खेलाडीलाई फिटनेसमा राख्न सफल भर्याै । सबै तरिकाले हेर्दा राम्रो तयारी भएको छ । हामीले एक बर्षमै यसै खेलको लागि भनेर अभ्यासमा राख्न सफल भयौ । विचमा पोखरा पनि लगेका थियौं ।
अहिले राम्रो तयारी गरेको छ एन्फाले । त्यो हिसाबमा नेपालले राम्रो गर्नुपर्ने हो ।
तर, इराकपनि निकै बलियो छ । प्रतिस्पर्धीको हिसाबले हेर्ने हो भने फिफा बरियतामा नेपाल भन्दा धेरै राम्रो छ । उ ६८ औं स्थानमा छ । नेपाल १७१ औं स्थानमा छ । इराक एसिया च्याम्पियन भएको छ । विश्वकपमा फाइनल राउण्डमा पुगिसकेको टिम हो ।
अरबीयन फुटबलमा आफ्नो स्थान जमाईसकेको राष्ट्र हो, इराक । त्यस्तो टोलीसँग नेपालले मैत्रीपूर्ण खेल खेल्नु भनेको रामै्र हो । जव.ब हामीले ठुला ठुला देशसँग खेल्छौं, हाम्रो पनि स्तर बढ्छ । जहिल्यै भुटान, बंगलादेश, पाकिस्तानसँग खेल्दा हाम्रो स्तर बढ्न सक्दैन ।
विश्वकप छनोट अघि इराकसँग एन्फाले मैत्रीपूर्ण खेल राख्दा खेलाडीलाई हौसला प्रदान गर्छ भनेर खेल राखेको हो ।
तुलना गर्ने हो भने इराक हामी भन्दा माथि रहेको वरियताले पनि जनाउँछ र इराकको विगताको नतिजाले पनि देखाउँछ । हामीले खेल्ने भनेको खेलाडीलाई अवसर दिने हो । टिम सेट गर्ने हो । राम्रो खेल प्रदर्शन गर्ने हो । सकेसम्म कम गोल खाने वा बराबर गर्न पाए ठुलै उपलब्धि हुन्छ । यो नतिजाले आउने दिनको खेलमा खेल्न खेलाडीमा मनोबल बढ्छ ।
जित गाह्रो छ । उनीहरुको टिम राम्रो छ । तर हाम्रो पनि टिम राम्रो छ । नयाँ खेलाडी छन् । टिम राम्रोसँग सेट हुन पाएको छैन । धैरै म्याच खेल्न नपाएको अवस्था छ । खेलाडीमा रिक्स छ । मेहनत गरेर खेल्नु पर्छ ।
अनुमान
फुटबलमा अनुमान गर्न अलि कति गाहै्र छ । जे पनि हुन सक्ने हो । अनुमान गर्न अलिकति गाह्रो छ । नेपाल भन्दा स्तरिय टिम हो, इराक ।
हामीले सुरुवातमा खेल्दा १०/१५ मिनेट गोल नखाने र उनिहरुलाई रोक्न सके कम गोल खान्छौं भनेर खेलेको थियौं । सुरुमै गोल ब्यहोर्न थाल्यौै भने गोलको संख्या बढ्न सक्छ भन्ने लागेको थियो ।
आजपनि सुरुबाट रोक्यौ भने गोल धेरै हुँदैन । सुरुमै रोक्न सक्यौं भने ३–४ मा हुन सक्छ । सुरुमै गोल खार्याै भने युवा खेलाडी छन् । यसलाई थाम्न सकेनौं भने धेरै गोल ब्यहोर्न पनि सक्छ ।’
तत्कालिन नेपाली टिम :
मुनि बसेको दाया भागबाट :
१२ कुमार थापा, ७ देवनारायण चौधरी, १९ दिपक लामा, ११ हरि खड्का , १३ सुनिल तुलाधर,
उभिएको बाया तर्फबाट : १० बसन्त थापा, ३ राकेश श्रेष्ठ, ९ निराजन रायमाझ ५ नारायण मानन्धर, १४ बालगोपाल महर्जन, १ उपेन्द्र मान सिंह (कप्तान)