एजेन्सी । ब्राजिलियन मिडफिल्डर ओस्कारले इंग्लिस क्लब चेल्सी फर्कने चाहना व्यक्त गरेका छन् ।
गोल डटकमसँग कुरा गर्दै ओस्कारले चेल्सी फर्कने इच्छा व्यक्त गरेका हुन् ।
२९ वर्षीय मिडफिल्डर ओस्कार चिनियाँ सुपर लिग क्लब संघाई पोर्टबाट व्यवसायिक फुटबल खेल्दै आईरहेका छन् ।
ओस्कारले चिनियाँ क्लबसँगको सम्झौता सकिएपछि चेल्सी फर्कनेबारे विचार गर्ने बताएका छन् ।
'म आशा गर्छु की यहाँ खेल्दै गरेको खेललाई निरन्तरता दिन सक्छु । त्यसैले मलाई थाहा छ की मेरा लागि ढोका खुला छ,' ओस्कारले भने, 'चेल्सीसँग मेरो सम्बन्ध राम्रो छ । मलाई क्लबप्रति स्नेह छ । सम्झौता सकिएपछि मेरो हृदयले चाहेको क्लबमध्ये एक हो ।'
ओस्कार चेल्सीमा साढे चार वर्ष बिताएर सन् २०१७ मा चिनियाँ क्लब गएका थिए ।
उनले चेल्सीका लागि ४ सय बढी खेल खेलेका थिए ।
चेल्सीबाट उनले दुई प्रिमियर लिग र युरोपा लिग जितेका थिए ।