काठमाडौं । नेपालले आज राति मैत्रीपूर्ण खेलमा घरेलु टिम इराकसँग प्रतिस्पर्धा गर्दैछ ।
बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।
नेपाल र इराकबीचको खेल बन्द रंगशालामा हुने भएको छ । कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै खेलमा दर्शकलाई प्रवेश नगराईने भएको हो ।
तर, नेपाल र इराकबीचको खेल युट्युब च्यानलबाट लाईभ हेर्न सकिनेछ ।
नेपाल र इराकबीचको खेल यस च्यानलबाट लाईभ हेर्न सकिनेछ । लाईभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।
विश्वकप छनोटको तयारीमा रहेको नेपालले फिफा वरीयतामा माथिल्लो स्तरको इराकविरुद्ध खेल्न लागेको हो ।
फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ । नेपाल १ सय ७१ औं स्थानमा छ ।
नेपाल र इराकबीच यो चौंथो भेट हुनेछ । यस अघि नेपाल र इराकले ३ खेलमा प्रतिस्पर्धा गरेका छन् । तीनै खेलमा इराकले ‘क्लिन स्विप’ गरेको छ ।
इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोलि कुवेत जानेछन् ।
कुवेतमा हुने छनोटमा नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।
अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।