एजेन्सी । इटालियन सिरी 'ए' फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा एसी मिलानले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा मिलानले एट्लान्टालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ४३ औं मिनेटमा फ्रान्क केस्सीले पेनाल्टीमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।
खेलको इन्जुरी समयको दोस्रो मिनेटमा मार्टिनले रातो कार्ड पाएपछि एट्लान्टा १० खेलाडीमा समेटियो ।
यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा फ्रान्कले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई २-० को जित दिलाए ।
यस जितसँगै मिलानले दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ । मिलान च्याम्पियन्स लिगमा समेत छनोट भएको छ ।
मिलानले ३८ खेलमा ७९ अंक जोड्यो ।
एट्लान्टा तेस्रो स्थानमा रह्यो । एट्लान्टाले ७८ अंक जोड्यो । एट्लान्टा पनि च्याम्पियन्स लिगमा छनोट भएको छ ।