एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन पराजित भएको छ ।
आइतबार राति भएको खेलमा एभर्टन पुछारको सेफिल्ड युनाईटेडसँग १-० गोल अन्तरले पराजित भएको हो ।
एभर्टन घरेलु मैदानमै पराजित भएको हो ।
सेफिल्डलाई जित दिलाउन डानिल जेबीसनले निर्णायक गोल गरे ।
खेलको सातौं मिनेटमा जेबीसनले निर्णायक गोल गरेका थिए ।
जितसँगै सेफिल्डले ३६ खेलमा २० अंक जोडेको छ ।
सेफिल्ड पुछारमा रहेको छ । सेफिल्ड रेलिगेसनमा समेत परिसकेको छ ।
एभर्टन ५६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।