एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले टोटेनहमलाई पराजित गरेको छ ।
शनिबार भएको खेलमा लिड्सले टोटेनहमलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा १३ औं मिनेटमा स्टुवार्ड डालसले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए ।
तर, खेलको २५ औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ४२ औं मिनेटमा प्याट्रिक बामफोर्डले गोल गर्दै लिड्सलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८४ औं मिनेटमा रोड्रीगोले गोल गर्दै लिड्सलाई ३-१ को जित दिलाए ।
जितसँगै लिड्सले ३५ खेलमा ५० अंक जोडेको छ । लिड्स लिगको नवौं स्थानमा रहेको छ ।
टोटेनहम ५६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।