काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज एक खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा पोखरा थण्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।
पोखरा र चितवनबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
आज पोखरा जित निकाल्दै प्लेअफ सम्भावना कायम राख्न चाहन्छ ।
पोखराको यस खेल लिग चरणको अन्तिम खेल हो ।
पोखरा ५ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
प्लेअफको ढोका खुल्ला राख्न पोखरालाई चितवनविरुद्ध जित्नै पर्ने दबाब रहेको छ ।
पराजित भएको खण्डमा पोखरा बाहिरिनेछ ।
यता, चितवन पनि जित निकाल्दै प्लेअफको सम्भावना कायम राख्न चाहन्छ ।
४ खेलमा २ अंक जोडेको चितवन पुछारमा रहेको छ ।
चितवनलाई प्ले अफ सम्भावना कायम राख्न बाँकी दुई खेल जित्नै पर्ने दबाब रहेको छ ।
पोखरासँग पराजित भएमा चितवन बाहिरिनेछ ।