काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा अहिले काठमाडौं रेजर्स र विराटनगर सिटी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा काठमाडौंले विराटनगरविरुद्ध ३-२ को अग्रता बनाएको छ ।
काठमाडौंका लागि मेसौके ओलोमोउले दुई गोल गरे । यस्तै स्टेफन बिनोङले एक गोल थपे ।
विराटनगरका एडिलाजा सोमिडे र पेड्रो मान्जीले एक एक गोल गरे ।
आज काठमाडौं जित निकाल्दै प्लेअफ सुरक्षित गर्न चाहन्छ ।
काठमाडौं ४ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । जित निकालेमा काठमाडौंले शीर्ष स्थानको धनगढीविरुद्ध अंक बराबरी गर्नेछ ।
विराटनगर पनि जित निकाल्दै प्लेअफ सुरक्षित गर्न चाहन्छ । विराटनगर ४ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।