काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा अहिले पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धाबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा पोखरा र ललितपुरले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा ललितपुरविरुद्ध आक्रमक खेल पस्किए पनि पोखराले गोल गर्न सकेन । ललितपुरले भने पहिलो हाफमा डरलाग्दो आक्रमण बुन्न सकेन।
खेलको आठौं मिनेटमा पोखराका कप्तान नवयुग श्रेष्ठले गोलको अवसर खेर फाले । पेनाल्टी स्पट नजिकैबाट नवयुगले फस्ट बार च्याप्दै प्रहार गरेको बल पोस्टको नजिकैबाट बाहिरिएको थियो ।
खेलको १४ औं मिनेटमा पोखराका मौसा अब्बाले डिबक्स बाहिरबाट प्रहार गरेको सशक्त बल ललितपुरक गोलकिपर अर्पण कार्कीले बचाए ।
खेलको २० औं मिनेटमा पोखराका नवयुगले गोलको अवसर गुमाए । डिबक्स भित्रबाट एक डिफेन्डर र गोलकिपर अर्पणलाई बिट गर्दै प्रहार गरेको चिप बल बारमाथिबाट गएको थियो ।
आज पोखरा दोस्रो जितको खोजीमा रहेको छ ।
पोखरा ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
ललितपुर पहिलो जित निकाल्ने योजनामा रहेको छ ।
ललितपुर ३ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।