काठमाडौं । युवा मिडफिल्डर कमल थापाले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता खेल्ने भएका छन् ।
मिडफिल्डर कमल प्रतियोगिताका बाँकी खेलका लागि पोखरा थन्डर्समा अनुबन्धित भएका छन् ।
स्थानीय खेलाडीका रुपमा रहेका भिषण गुरुङको स्थानमा पोखराले कमललाई अनुबन्ध गरेको हो ।
मिडफिल्डर भिषण कोरोना संक्रमित भएको कारण प्रतियोगिता गुमाउने पोखराका पदाधिकारीले जानकारी दिएका छन् ।
कुनै खेलाडी लामो समय टिम बाहिर रहने अवस्थामा सहभागी टिमले ती खेलाडीको ठाउमा अन्य खेलाडी अनुबन्ध गर्न पाउने नियम रहेको छ ।
मिडफिल्डर कमल ए डिभिजन क्लब हिमालय शेर्पाबाट खेल्दै आएका थिए ।
पोखराले आज ललितपुर सिटीसँग प्रतिस्पर्धा गर्दैछ । तर, उनी सुरुवाती-११ मा परेका छैनन् ।