काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भईरहेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज (शनिबार) दुई खेलहरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा धनगढी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ ।
धनगढी र चितवनबीचको खेल अपरान्ह २:३० बजे सुरु हुनेछ ।
आज धनगढी चितवनलाई हराउँदै शीर्ष स्थानमा उक्लने योजनामा रहेको छ ।
धनगढी ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा धनगढी विराटनगर एफसीसँग ३-० ले पराजित भएको थियो ।
तर, दोस्रो खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३-० ले हराएको थियो ।
तेस्रो खेलमा भने धनगढी ललितपुर सिटी एफसीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
चितवनको यो तेस्रो खेल हो । चितवन पनि धनगढीलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
चितवन २ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
चितवनले पहिलो खेलमा ललितपुरसँग १-१ गोलको बराबरी खेलेको थियो ।
दोस्रो खेलमा चितवनले बुटवलसँग २-२ को बराबरी खेलेको थियो ।
यस्तै दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र विराटनगर एफसीबीच खेल हुनेछ ।
बुटवल र विराटनगरबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
बुटवल २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
आज बुटवल जित निकाल्दै शीर्ष स्थान कायम राख्न चाहन्छ ।
पहिलो खेलमा पोखरा एफसीलाई २-० ले हराएको बुटवल दोस्रो खेलमा भने चितवनसँग बराबरीमा रोकिएको थियो ।
विराटनगर २ खेलमा ३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
पहिलो खेलमा धनगढीलाई पराजित गरेको विराटनगर दोस्रो खेलमा पोखरासँग पराजित भएको थियो ।