काठमाडौं । काठमाडौं रेजर्सका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिनु परेको बताएका छन् ।
नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत शुक्रबार काठमाडौं पोखरा थन्डर्ससँग गोलरहित बराबरीमा रोकिएको थियो ।
खेलपछि बोल्दै महर्जनले खेलमा सुधार आएपनि पाएको मौकालाई सदुपयोग गर्न नसकेको बताए ।
'अस्तिको खेल भन्दा आजको खेल राम्रो थियो । पहिलो हाफ भन्दा दोस्रो हाफ राम्रो थियो । केहि मुभहरु बनाएका थियौ । त्यो अवसरलाई सदुपयोग गर्न सकेनौं,' उनले भने, 'यो खेल हो खेलमा यस्तो हुन्छ ।'
यस्तै पोखराका सहायक प्रशिक्षक राजेश शाहीले खेलाडीले चोट बोकेपछि टिमको तालमेल नमिलेको बताए ।
'पहिलो हाफ राम्रो भएको थियो । दोस्रो हाफ खराब भयो । नितिन थापाले चोट बोकेपछि हाम्रो खेलको पेस हरायो,' उनले भने काठमाडौंको पनि पहिलो हाफमा खेल राम्रो थिएन ।'