काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज एक खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा काठमाडौं रेजर्स र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं र पोखराबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
राष्ट्रिय टिमका गोलकिपर समेत रहेका विकेश कुथुको कप्तानीमा काठमाडौं मैदान उत्रने छ ।
पोखराविरुद्ध मैदान उत्रदा काठमाडौं दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।
काठमाडौंले २ खेलमा ३ अंक जोडेको छ । काठमाडौं लिगको पाँचौ स्थानमा रहेको छ ।
काठमाडौंले पहिलो खेलमा ललितपुर सिटी एफसीलाई १-० ले हराएको थियो ।
तर, दोस्रो खेलमा काठमाडौं धनगढी एफसीसँग ३-० ले स्तब्ध भएको थियो ।
नवयुग श्रेष्ठको कप्तानीमा मैदान उत्रने पोखरा पनि दोस्रो जितको खोजीमा हुनेछ ।
पोखरा २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
पोखरा पहिलो खेलमा बुटवल लुम्बिनी एफसीसँग २-० ले पराजित भएको थियो ।
तर, दोस्रो खेलमा पोखराले विराटनगरलाई १-० ले हराएको थियो ।