नेपालगन्ज । लुम्बिनी प्रदेशको धम्बोझी क्लब र गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिगमा जित हात पारेका छन् ।
बिहिबार भएको खेलमा पहिलो खेलमा धम्बोझी क्लबले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको हो ।
धम्बोझीको जितमा निशान लिम्बुले ह्याट्रिक गरे ।
धम्बोझीको यो लगातार दोस्रो जित हो । जितसँगै धम्बोझीले २ खेलमा ६ अंक जोडेको छ ।
अर्को खेलमा त्रिवेणीले बागमति प्रदेशको धादिङ समाजलाई ३–२ले पराजित गरेको छ ।
त्रिवेणीको जितमा विश्वास श्रेष्ठ, जय गुरुङ र कमल श्रेष्ठले एक एक गोल गरे ।
धादिङका लागि अमिर श्रेष्ठ र मिकचेन तामाङले एक एक फर्काए ।
प्रतियोगिता अन्तर्गत शुक्रबार सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाबिच प्रतिस्पर्धा हुनेछ ।