काठमाडौं । नेपालमा आयोजना हुने त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै त्रिदेशीय फुटबलको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् ।
एन्फाका प्रवक्ता किरण राईले प्रतियोगिताको तयारी लगभग सकिएको जानकारी दिए ।
'प्रतियोगिताको तयारी लगभग सकिएको छ । हाम्रो तयारी ९०-९५ प्रतिशत सकिएको छ,' राईले भने ।
प्रवक्ता राईले प्रतियोगिताको अनुमानित खर्च १ करोड लाग्ने जानकारी गराए । जसमा १ करोड ५० लाख आम्दानी गर्ने र ५० लाख फुटबल विकासका खर्चिने बताए ।
यस्तै एन्फाले प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर पाउने जनाएको छ । उपविजेताले ३ हजार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले ५ सय डलर पाउने छन् ।
एन्फाले बंगलादेशको ४० सदस्सीय टिम बिहीबार आईपुग्ने जनाएको छ । किर्गिस्तानको टिम भने मार्च २१ मार्चमा आईपुग्ने एन्फाले जनाएको छ ।
नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।
नेपाल र किर्गिस्तानबीचको खेल चैत १२ गते हुनेछ । किर्गिस्तानको यू-२३ टिम हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । उद्घाटन खेल चैत १० हुनेछ ।
यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।
राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
फाइनल खेल चैत १६ गते हुनेछ ।
प्रतियोगितामा कुल ४ खेल हुनेछ ।