काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको टिकट मूल्य तोकेको छ ।
एन्फाले बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने प्रतियोगिताको टिकट मूल्य तोकेको हो ।
एन्फाले यस पटक टिकट मूल्यमा वृद्धि गरेको छ ।
एन्फाले सामान्यतर्फ ७ सय र भीआईपीतर्फ १५ सय टिकट दर राखेको छ ।
प्रतियोगिताको टिकट प्रभु पेबाट किन्न सकिनेछ ।
नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।
नेपाल र किर्गिस्तानबीचको खेल चैत १२ गते हुनेछ । किर्गिस्तानको यू-२३ टिम हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । उद्घाटन खेल चैत १० हुनेछ ।
यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।
राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
फाइनल खेल चैत १६ गते हुनेछ ।
प्रतियोगितामा कुल ४ खेल हुनेछ ।