एजेन्सी । म्याचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले आफ्ना स्टार खेलाडी गुन्डोगनको प्रशंसा गरेका छन् । उनले आफुले अहिलेसम्म देखेको सबैभन्दा बुद्धिमान खेलाडी गुन्डोगन भएको भन्दै प्रशंसा गरेका हुन् ।
गुन्डोगनले जारी सिजनमा सिटीका लागि १५ गोल गरेका छन् । मंगलबार राती च्याम्पियन्स लिग अन्तर्गत बोरुसिया मोन्चेन्ग्लाबचलाई २–० ले पराजित गर्दा गोन्डोगनले एक गोल गरेका थिए ।
‘गोन्डोगन एक अविश्वसनीय खेलाडी हो । म उनीसँग बिताएका यो समयलाई कहिल्यै बिर्सने छैन । एक खेलाडीको रूपमा उनी सबैभन्दा बुद्धिमान र ज्ञानी खेलाडी हुन् । जुन मैले प्रशिक्षणमा पाएको छु र मैले देखेको छु ।’ गार्डिओलाले भने, ‘यस सिजनमा मैले उनलाई प्रत्येक चोटी गोलको नजिक देखेको छु । उनले गोल गरेका पनि छन । उनीसंग यो क्षमता पनि छ । म उनको प्रदर्शनबाट अत्यन्तै खुसी छु ।’
२०१६ मा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट सिटी पुगेका गुन्डोगनले यस सिजन महत्वपूर्ण भूमिका खेलेको छन् । तर यसअघिको सिजनमा उनी मिडफिल्डरकाे रुपमा मात्र चिनिन्थे ।
गुन्डोगनले यस सिजनका २३ प्रिमियर लिग खेलमा १२ गोल गरेका छन् । त्यस्तै सात च्याम्पियन्स लिगमा तीन गोल गरे । ३० बर्षे गुन्डोगनलाई प्रिमियर लिग प्लेयर अफ द इयर अवार्डका लागि प्रमुख दावेदारको रूपमा उल्लेख गरिएको छ ।