काठमाडौं । विरगंज युथ एकेडेमीले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा जित निकालेको छ ।
बुधबार भएको खेलमा झापा एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै विरगंजले जित निकालेको हो ।
एन्फा कम्प्लेक्समा विरगंजलाई जित दिलाउन कृष्ण शाक्यले निर्णायक गोल गरे । उनले खेलको ५३ औं मिनेटमा फ्रिकिकबाट गोल गरेका हुन् ।
जितसँगै विरगंजले १ खेलमा ३ अंक जोडेको छ ।
झापाको यो लगातार दोस्रो हार हो । झापा पहिलो खेलमा खालीबारी युथ क्लबसँग २-१ ले पराजित भएको थियो ।
आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।