काठमाडौं । चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।
बुधबार भएको खेलमा प्लानिङ ब्वाइज युनाईटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै चर्चले लगातार दोस्रो जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलको ५१ औं मिनेटमा सोम थापाले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए ।
खेलको ५५ औं मिनेटमा कृष्ण गिरिले गोल गर्दै प्लानिङलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ८९ औं साइमन लिम्बुले पेनाल्टीमा गोल गर्दै चर्च ब्वाइजलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा इन्द्रजङ लिम्बुले गोल गर्दै चर्च ब्वाइजलाई ३-१ को जित दिलाए ।
जितसँगै समूह 'बी' चर्चले २ खेलमा ६ अंक जोडेको छ । चर्च समूहको शीर्ष स्थानमा रहेको छ ।
पहिलो खेलमा चर्चले ओसिस क्लबलाई ४-१ ले हराएको थियो ।
प्लानिङले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।