एजेन्सी । साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा आज लाजियोसँग खेल्दैछ ।
बायर्नले इटालियन क्लब लाजियोसँग घरेलु मैदानमा खेल्नेछ । बायर्न र लाजियोबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा आज बायर्न सहज जितको खोजीमा हुनेछ । बायर्न लाजियोलाई सहजै हराएर क्वाटरफाइनलमा पुग्न चाहन्छ ।
पहिलो लेगमा निकालेको फराकिलो जितले बायर्न घरेलु मैदानमा सहज समेत हुनेछ ।
पहिलो लगेमा बायर्नले ४-१ को जित निकालेको थियो ।
घरेलु मैदानमा साँघुरो हार र बराबरीले समेत बायर्न अन्तिम आठमा पुग्ने छ ।
तर, घरेलु मैदानमा बायर्न जितकै लागि मैदान उत्रने छ ।
लाजियोलाई भने फराकिलो जित बाहेक अन्य विकल्प रहेको छैन ।