एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा आज प्रिमियर लिग क्लब चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ ।
चेल्सीले स्पेनिस क्लब एट्लेटिकोसँग घरेलु मैदानमा खेल्नेछ । चेल्सी र एट्लेटिकोबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा मैदान उत्रदा चेल्सीलाई पहिलो लेगमा निकालेको जितको फाईदा हुनेछ ।
पहिलो लेगमा चेल्सीले एट्लेटिकोलाई १-० ले हराएको थियो । चेल्सीका ओलिभर जेरुडले निर्णायक गोल गरेका थिए ।
च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न चेल्सीलाई अब बराबरीले पुग्नेछ ।
तर, चेल्सी स्पस्ट जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।
यता, एट्लेटिकोलाई अर्को चरणमा पुग्न दुई भन्दा बढीको गोल अन्तरको जित निकाल्नुपर्ने दबाब रहेको छ ।
स्पेनिस ला लिगामा एट्लेटिकोले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । चेल्सीविरुद्ध एट्लेटिको उच्च आत्मबलका साथ मैदान उत्रने छ ।
त्यसैले दुई टिमबीचको भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ ।
एट्लेटिकोविरुद्ध चेल्सी जोर्गिन्हो र मसान माउन्टबिना मैदान उत्रनेछ ।
एट्लेटिकोलाई भने चोटको समस्या रहेको छैन ।