नेपालगन्ज । प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाजले एन्फा प्रेसिडेन्ट लिगमा सानदार जित निकालेको छ ।
मंगलबार भएको खेलमा धादिङ समाजले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ ले पराजित गरेको हो ।
धादिङको जितमा कप्तान अमिर श्रेष्ठले ह्याट्रिकसहित ४ गोल गरे । उनले खेलको म्यान अफ द म्याच हुँदै नगद ५ हजार जित्न सफल भए ।
यस्तै शिशिर लेखीले ह्याट्रिक गर्दा उमेश राई र बिपिन कँडेल एक एक गोल गरे ।
लेकालीका कप्तान संगम शाहीले एक गोल फर्काए ।
यस्तै अर्को खेलमा लुम्बिनी प्रदेशको लिग च्याम्पियन धम्बोझी क्लब बाँकेले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई १–० ले पराजित गरेको छ ।
धम्बोझीका लागि पुर्ण बहादुर गुरुङले निर्णायक गोल गरे । उनी खेलमा म्यान अफ द म्याच चुनिए ।
चैतको १५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउने छन् ।
प्रतियोगितामा विद्यागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउने छन् ।
यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार पाउनेछन् ।
प्रसिडेन्ट लिगको शीर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्ने पाउनेछन् ।