काठमाडौं । सामाजिक युवा क्लबले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार स्वयम्भु क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै सामाजिकले सुखद सुरुवात गरेको हो ।
सामाजिकको जितमा बसन्त बहादुर रानाले ह्याट्रिक गोल गरे ।
स्वयम्भुका लागि महेश लामा र विवेक राईले एक एक गोल फर्काए ।
जितसँगै सामाजिकले पहिलो खेलमा ३ अंक जोडेको छ । स्वयम्भुले भने हारबाट लिगको सुरुवात गरेको छ ।
आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् ।
सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ ।
प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।