एजेन्सी । भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविच स्विडेनको राष्ट्रिय टिममा फर्किएका छन् ।
विश्वकप छनोटका लागि स्विडेनले मंगलबार घोषणा गरेको टिममा इब्राहिमोविचलाई राखिएको छ ।
३९ वर्षीय इब्राहिमोविच पाँच वर्षपछि राष्ट्रिय टिममा फर्किएका हुन् ।
इब्राहिमोविचले सन् २०१६ मा अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।
तर, क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरिरहेका इब्राहिमोविच सन्यास फिर्ता लिदै टिममा फर्किएका हुन् ।
स्विडेनले विश्वकप छनोटमा जर्जिया र कोसोभोसँग खेल्दैछ ।
इटालियन क्लब एसी मिलानका इब्राहिमोविचले सन् २०१६ को युरो कपपछि सन्यास लिएका हुन् ।
स्विडेनका लागि उनले १ सय १६ खेलमा ६२ गोल गरेका छन् ।