एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा आज बोरुसिया मन्छेनग्लाडबाखविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
सिटीले घरेलु मैदानमा जर्मन क्लब मन्छेनग्लाडबाखविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
सिटी र मन्छेनग्लाडबाखबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
जर्मन क्लबविरुद्ध मैदान उत्रदा सिटी सहज जितको खोजीमा हुनेछ ।
सितो सहज जित निकाल्दै क्वाटरफाइनलमा समेत पुग्न चाहन्छ ।
सिटीको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो रहेको छ ।
किनकी सिटीले पहिलो लेगमा २-० को जित निकालेको थियो । जसको फाईदा सिटीलाई हुनेछ ।
मन्छेनग्लाडबाखलाई भने अर्को चरणमा पुग्न उत्कृष्ट पुनरागमन गर्नु पर्ने हुन्छ ।