काठमाडौं । प्रशिक्षक मेघराज केसी क्लब फुटबलमा फर्कने भएका छन् ।
फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) मार्फत मेघराज क्लब फुटबलमा फर्कने भएका हुन् ।
'एनएसएलमा अनुबन्धित भएको छु ।' क्लब फुटबलमा फर्कने पक्का भएपछि मेघराजले फेसबुकमा लेखेका छन् ।
पछिल्लो समय ए डिभिजन क्लब थ्री स्टारमा आबद्ध रहेका मेघराजले क्लब फुटबल छाड्ने घोषणा गरेका थिए । उनले नयाँ सिजनबाट कुनैपनि क्लबमा आबद्ध नहुने बताएका थिए ।
पछिल्लो समय उनी फुटबल एकेडेमी स्थापनाका लागि गृहकार्य समेत गरिरहेका थिए । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाईज फुटबल मार्फत मेघराज प्रशिक्षकको रुपमा फर्कन लागेका हुन् ।
एनएसएलको पहिलो संस्करण बैशाख ११ देखि २५ सम्म काठमाडौंमा सञ्चालन हुँदैछ ।
प्रशिक्षक केसीले ऐतिहासिक रुपमा आयोजना हुन लागेको फ्रेन्चाईजमा आफु जोडिन चाहेको खेलपाटीलाई बताए ।
‘ए डिभिजन क्लबमा काम गर्दिन भनेको थिए । पहिलो पटक एनएसएल आयो । क्लबमा नजोडिएपनि फुटबलको ऐतिहासिक क्षण जोडिन मन लाग्दो रहेछ ।’ उनले भने ।
मेघराज घरेलु फुटबलका हाइ प्रोफाईलका प्रशिक्षक हुन् । उनीले लिग सहित घरेल फुटबलका अघिकांश उपाधि हात पारेका छन् ।