एजेन्सी। इटालियन सिरी 'ए' फुटबलमा उपाधि दाबेदार एसी मिलान पराजित भएको छ ।
आइतबार राति भएको खेलमा मिलन नापोलीसँग १-० गोल अन्तरले पराजित भएको हो ।
१० खेलाडीमा समेटिएको मिलान घरेलु मैदानमै पराजित भएको हो ।
नापोलीलाई जित दिलाउन माटियो पोलीटानोले निर्णायक गोल गरे ।
खेलको ४९ औं मिनेटमा माटियोले निर्णायक गोल गरेका थिए ।
यस्तै खेलको इन्जुरी समयमा रेबिकले रातो कार्ड पाएपछि घरेलु टिम अन्तिम केहि समय १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै नापोली लिगको पाँचौं स्थानमा उक्लिएको छ ।
नापोलीले २६ खेलमा ५० अंक जोडेको छ ।
मिलान २७ खेलमा ५६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।