एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।
आइतबार राति भएको खेलमा पीएसजी घरेलु मैदानमा नान्टेससँग २-१ ले पराजित भएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजीले हार व्यहोरेको हो ।
खेलको ४२ औं मिनेटमा जुलियन ड्राक्सलरले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५९ औं मिनेटमा रान्डल कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७१ औं मिनेटमा मोसेस सिमोनले गोल गर्दै नान्टेसलाई २-१ गोलको जित दिलाए ।
यस हारसँगै पीएसजीले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
पीएसजी २९ खेलमा ६० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
नान्टेस २७ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।