एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा इन्टरले टोरिनोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
इन्टरको जितमा रोमेलु लुकाकु र लाउटरो मार्टिनेजले एक एक गोल गरे ।
टोरिनोका एन्टोनियो सनाब्रियाले एक गोल फर्काए ।
खेलको ६२ औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ७० औं मिनेटमा एन्टोनियोले गोल गर्दै टोरिनोलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई २-१ को जित दिलाए ।
जितसँगै इन्टरले लिगको दोस्रो स्थानको एसी मिलानविरुद्ध ९ अंकको अग्रता बनाएको छ ।
इन्टरले १७ खेलमा ६५ अंक जोडेको छ । मिलानको ५६ अंक रहेको छ ।
टोरिनो २० अंक जोडेर १८ औं स्थानमा रहेको छ ।