काठमाडौं । पहिलो पटक नेपालमा हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ (एनएसएल) मा सहभागी ७ फ्रेन्चाइज टिम र टिमका मालिकको घोषणा भएको छ ।
आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्ट कम्पनीले आईतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फ्रेन्चाइज टिम र टिमका मालिकको घोषणा गरेको हो ।
एनएसएलमा फुटबलको उर्बरभूमि मानिने प्रदेश १ देखि सुदूरपश्चिमसम्मको टिम समावेश गरिएको छ ।
टिमको नाम विभिन्न शहरको नाममा राखिएको छ । यस्तै टिमको स्वामित्व नेपालका चर्चित व्यावसायिक घरानाहरुले लिएका छन् ।
फ्रेन्चाइज लिगमा सहभागी ७ टोलीका मालिक को हुन् र के भन्छन् ?
विराटनगर सिटी एफसी – अनुप रञ्जन भट्टराई (नेपाल टेलिकमका पूर्व सिईओ)
सुपर लिगको योजना धेरै राम्रो छ । विराटनगर तराई फुटबलको एक राम्रो परिवेश भएको ठाउँ हो । तराई संस्कारसँग सबैजनाले जोडिएर यो (फुटबल) अनुभव लिनुहुनेछ । हामीले यो यात्रालाई सफल बनाउने छौ ।
काठमाडौं रेजर्स – चिरञ्जीवी शाह (अध्यक्ष) (यामाहा)
धेरै खुशी लागेको छ । एउटा प्रोफेसनल टिमले आयोजना गरेको छ । फुटबल पुपलर खेल हो नेपालको र हाम्रो स्कुटरसँग फुटबल एकदमै म्याच गर्छ । हाम्रो पार्टरसिप धेरै प्रभाकारी हुन्छ जस्तो लाग्छ ।
ललितपुर एफसी – कामना गुरुङ (भाटभटेनी सुपर मार्केट)
हामी सहभागिता जनाउन पाउदा धेरै खुशी छौ । र, आशा छ यो प्रतियोगता सफल हुनेछ ।
एफसी चितवन – सञ्जित ढकाल (आईएमी ग्रुप)
विश्वकपमा अर्काको देशलाई आफ्नो देश मानेर हेरिन्छ । हाम्रो चाहना छ आफ्नो देश पनि हेरौं । फुटबल विकास भएको हेर्ने चाहना छ ।
पोखरा थण्डर्स – निराकर श्रेष्ठ (लक्ष्मी ग्रुप )
हामी सुपर लिगकोलागि धेरै खुशी छौ । लक्ष्मी गु्रपले कीक्रेट तथा ए डिभिजन लिगमा पनि पोखराको सफल पोखरा कपमा एसोसियट गरेको छ । हामी पोखरा र सर्पाेटस्लाई प्रमोट गर्न पोखरा छनोट गरेका छौ ।
बुटवल लुम्बिनी (चिलिमे हाईड्रोपावर)
हामी एउटा टिम नभएर धेरैवटा टिम मिलेर आएको हुनाले मैले एउटै टिमको प्रतिनिधित्व भनिन । नेपालको बित्तिय, इन्स्योरेन्स, विभिन्न सेक्टरका प्रतिनिधित्वलाई मिलाएर यो टिमलाई अघि बढाएका छौ । खेलको क्रेज अझै बढ्दै गएको आभाष भएकाले यो क्षेत्रलाई रोजेका छौ । हामीले खेलको दौरान आयोजकको निर्देशन अनुसार अनुशासनमा खेल सञ्चालन गर्नलाई हाम्रोतर्फबाट पूर्ण सहयोग पु¥याउने प्रतिबद्धता गर्दछु ।
धनगढी फुटबल क्लब –सुबास शाही (एसपिए डाईरेक्टर )
विगत लामोसमयदेखि हामी क्रीकेट प्रतियोगितामा काम गर्दै आइरहेका छौ । फुटबललाई पनि योगदान दिन पाउँदा धेरै खुशी छौ । वास्तवमा खेलकुदलाई खेलकुदको रुपमा मात्र नभएर एन्डस्ट्रीको रुपमा विकास गर्न एकदमै जरुरी छ । एउटा पावरफुल एन्डस्ट्रीको रुपमा विकास गर्न जरुरी छ । असम्भव केही पनि छैन । मिलेर फुटबललाई अर्काे स्तरमा लैजाउ ।