एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आर्सनल र टोटेनहमबीच प्रतिस्पर्धा हुँदैछ ।
आर्सनलले घरेलु मैदानमा टोटेनहमसँग खेल्नेछ । आर्सनल र टोटेनहमबीचको खेल राति १०:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा आर्सनल जित निकाल्ने लक्ष्यमा हुनेछ । तर, बलियो टिम टोटेनहमविरुद्ध जित निकाल्न आर्सनललाई कठिन हुनेछ ।
आर्सनल ३८ अंक जोडेर लिगको दशौँ स्थानमा रहेको छ । ४५ अंक जोडेको टोटेनहम सातौं स्थानमा रहेको छ ।
अर्को खेलमा म्यानचेस्टर युनाईटेडले वेस्ट ह्यामसँग खेल्नेछ ।
युनाईटेड ५४ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ ।
वेस्ट ह्याम ४८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
यस्तै लेष्टर सिटीले सेफिल्डसँग खेल्दा साउथह्याम्पटनले ब्राइटनसँग खेल्नेछ ।