एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले हेर्था बर्लिनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन जुलियन ब्राण्ड र युसौफा मोउकोकोले एक एक गोल गरे ।
खेलको ५४ औं मिनेटमा जुलियनले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।
८० औं मिनेटमा भ्लादमिरले रातो कार्ड पाएपछि बर्लिन १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको इन्जुरी समयमा मोउकोकोले गोल गर्दै डर्टमण्डलाई २-० को जित दिलाए ।
जितसँगै डर्टमण्डले २५ खेलमा ४२ अंक जोडेको छ ।
डर्टमण्ड लिगको पाँचौं स्थानमा रहेको छ ।
बर्लिन २१ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।