काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबल आजबाट सुरु हुँदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'सी' लिग आजबाट एन्फा कम्प्लेक्समा सुरु हुने जनाएको छ ।
लिगको पहिलो दिन दुई खेलहरु हुनेछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा खालीबारी युथ क्लब र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
खालीबारी र झापाबीचको खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ ।
दोस्रो खेलमा ओसिस क्लब र चर्च ब्वाइज युनाईटेडबीच खेल हुनेछ । ओसिस र चर्चबीचको खेल ३:३० बजे सुरु हुनेछ ।
आगामी चैत २४ गतेसम्म संचालन हुने १४ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् ।
सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ ।
प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।