एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सिटीले फुलहमलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा जोन स्टोन्स, गाब्रियल जिसस र सर्जियो अग्युरोले एक एक गोल गरे ।
फुलहमको मैदानमा जोनले ४८ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
५६ औं मिनेटमा जिससको गोलबाट सिटीले २-० को अग्रता बनायो ।
त्यसपछि खेलको ६० औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई ३-० को जित दिलाए ।
यससँगै फरवार्ड अग्युरोले सिटीका लागि १४ महिनापछि गोल गरेका छन् । अग्युरोले २०२० को जनवरीपछि गोल गरेका थिएनन् ।
चोटका कारण लामो समय मैदान रहेको कारण अग्युरो ४ सय १७ दिन गोलविहिन बनेका हुन् ।
जितसँगै सिटीले लिगमा दोस्रो स्थानको टिमविरुद्ध १७ अंकको अग्रता समेत बनाएको छ ।
सिटीले ३० खेलमा ७१ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको युनाईटेडको ५४ अंक रहेको छ ।
फुलहम २६ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।