एजेन्सी । प्रिमियर लिग फुटबलमा चेल्सीले लिड्स युनाईटेडसंग बराबरी खेलेको छ ।
शनिबार राति लिड्सको घरेलु मैदानमा चेल्सीले गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।
दुवै टिमले खेल अवधिभर कुनै राम्रो आक्रमण बुन्न सकेनन् ।
पहिलो हाफमा लिड्सले प्रहार गरेको बल चेल्सीको पोस्टमा लागेर फर्किएको थियो ।
बराबरीसंगै लण्डन क्लब चेल्सीले तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ ।
प्रशिक्षकको रुपमा थोमस टुचेलले आफ्नो अपराजित यात्रालाई १० खेलसम्म लम्ब्याएका छन् । फ्राङ्क लाम्पार्ड प्रशिक्षकको रुपमा बर्खास्तमा परेपछि उनीले चेल्सीको मोर्चा सम्हालेका हुन् ।
बराबरीको नतिजासंगै चेल्सी तालिकाको चौथो स्थानमा यथावत रहेको छ । चेल्सीको ५१ अंक छ । लिड्स ३६ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।