एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज शीर्ष स्थानको म्यानचेस्टर सिटीले फुलहमसँग प्रतिस्पर्धा गर्दैछ ।
सिटीले फुलहमसँग उसैको मैदानमा खेल्नेछ । सिटी र फुलहमबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
फुलहमको मैदानमा सिटी सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।
सिटी घरेलु टोलीलाई हराएर उपाधि होड बलियो बनाउन चाहन्छ ।
सिटी २९ खेलमा ६८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
फुलहम २६ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै चेल्सीले लिड्स युनाईटेडसँग उसैको मैदानमा खेल्नेछ ।
क्रिस्टल प्यालेसले वेस्ट ब्रुमसँग खेल्दा एभर्टनले बर्नलीसँग खेल्नेछ ।